२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूक ०.९३ अंकले घटेर २,५६० को विन्दुमा कायम भएको छ ।
आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै जलविद्युत् ०.०९, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.२७, अन्य ०.३० र व्यापार समूह ०.१७ प्रतिशत बढेको छ ।
बैंकिङ ०.३४, विकास बैंक ०.०८, लगानी ०.५२, जीवन बीमा ०.०६ र निर्जीवन बीमा ०.३३ प्रतिशत घटेको छ । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा धौलागिरी लघुवित्त, बन्दीपुर केबुलकार, झापा इनर्जी र सागर डिस्टिलरी छन् । यीमध्ये धौलागिरीबाहेक अरु कम्पनी हालै सूचीकृत भएका हुन् ।
साहस उर्जा कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij