२०८२ मंसिर ४ गते बिहिवार
काठमाडौं । सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले नयाँ संसद भवनको अनुगमन गरेका छन् ।
सभामुख घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन् ।
निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग भइरहेको जानकारी दिएको उल्लेख गर्दै सोहीअनुसार अगामी चैत १५ सम्म निर्माण सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।






© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij