Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

जेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्तामा बस्ने

जेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्तामा बस्ने


  • 379
    Shares

    जेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्तामा बस्ने
    images

    काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् ।

    बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि आह्वान गरेको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा वार्ताको लागि बोलाएका थिए । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् ।

    जेनजी अगुवा उपाध्यायका अनुसार वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १५:१५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij