Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

को बन्दैछ अबको गृहमन्त्री ? कसले पाउँला त अर्थको चाबी ?

को बन्दैछ अबको गृहमन्त्री ? कसले पाउँला त अर्थको चाबी ?


  • 1.9K
    Shares

    को बन्दैछ अबको गृहमन्त्री ? कसले पाउँला त अर्थको चाबी ?
    images

    प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हालिरहेका गृह, अर्थसहित १६ वटा महत्वपूर्ण मन्त्रालयमध्ये नेकपा एस, नेपाली कांग्रेस र माओवादी केन्द्रले गृह मन्त्रालयको दाबी गरेको छन् । पछिल्लो गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एसका नेताहरूले गृहसहितका तीन महत्वपूर्ण मन्त्रालय दाबी गरेका हुन् ।

    ठूलो पार्टीको हिसाबले सन्तुलन मिलाउन पनि गृह र अर्थ कांग्रेसले दाबी गरेको छ । यस्तै गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीले सम्हाल्नुपर्ने भन्दै माओवादी नेताहरूको पनि दाबी रहेको छ । ‘गृह मन्त्रालयमा नेकपा एसका अतिरिक्त माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि तीव्र रुची देखाएका छन्,’ स्रोतले भन्यो ।
                                                                                
    प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह, अर्थ जस्ता मन्त्रालयमा कुन पार्टीले सम्हाल्ने भन्ने विवाद कायमै छ । विभिन्न दलका शीर्ष नेता नै गृह अर्थ जस्ता मन्त्रालयमा दावी गरिरहेको र त्यसमा पनि माधव नेपाल नेतृत्वको नेकपा एसका नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायतका नेताहरूले नै गृह मन्त्रालय आफूहरूले पाउनुपर्ने भन्दै आएका छन् ।

    नेकपा एसबाट उनीहरू दुईमध्ये एकले सरकारको नेतृत्व गर्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ मा विश्वासको मत लिने भन्दै बिहीबार संघीय संसद्मा पत्र पठाइसकेको र चैत ७ गतेबाट सरकार विस्तार हुने भएपछि तीन पार्टीले नै गृहमन्त्रालयको दावी गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १२:१०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij