Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्रीबाट लामाले राजनीतिक–सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण

प्रधानमन्त्रीबाट लामाले राजनीतिक–सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण


  • 7.7K
    Shares

    प्रधानमन्त्रीबाट लामाले राजनीतिक–सांस्कृतिक परिवर्तनमा दिएको योगदानको स्मरण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वसांसद् कमानसिंह लामाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य भई कमानसिंहले राजनीतिक र सांस्कृतिक परिवर्तनमा दिनुभएको योगदानको स्मरण गर्नुभएको छ । 

    प्रधानमन्त्री ओलीले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनापछि २०४८ मा प्रतिनिधिसभा सदस्यका रुपमा उहाँले जनपक्षीय भूमिका खेल्नुभएको र केही समयअघि दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर गर्नुभएको कामको स्मरण पनि गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । रासस

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - १३:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij