Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

समानुपातिकतर्फ ३९ हजार बढी मत गन्दा कुन पार्टीले कति ल्याए?

समानुपातिकतर्फ ३९ हजार बढी मत गन्दा कुन पार्टीले कति ल्याए?


  • 1.0K
    Shares

    समानुपातिकतर्फ ३९ हजार बढी मत गन्दा कुन पार्टीले कति ल्याए?

    काठमाडौं । बिहीबार भएको निर्वाचनपछि धमाधम प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ। 

    निर्वाचन आयोगको पछिल्लो मतगणनाअनुसार समानुपातिकतर्फ पनि रास्वपा नै धेरै मतान्तरसहित अगाडि देखिएको छ। 

    बिहान ५ बजेसम्म कुल ३९ हजार ४८३ मतगणना हुँदा रास्वपाले २२ हजार ४४२ मतसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ७ हजार ५०५ मत, तेस्रो स्थानमा रहेको राप्रपाले ३ हजार १६९ मत ल्याएका छन्। 

    नेकपा एमाले भने चौथो स्थानमा छ। उसको २ हजार ९ सय ९० मत छ। त्यसबाहेक श्रम संस्कृति पार्टीले ९६०, नेपाली कम्युनिस्ट पार्टीले ९५१, राष्ट्रिय परिवर्तन पार्टीले ५३५, नेपाल मजदुर किसान पार्टीले १६६, नेपाल जनता संरक्षण पार्टीले ९९ मत ल्याएको छ। 

    यसबाहेक एकल चिह्न चकिया (जाँतो)ले ८४, प्रगतिशील लोकतान्त्रिक पार्टीले ६२, जनता समाजवादी पार्टी नेपालले ४४, संयुक्त नागरिक पार्टीले ३९ मत ल्याएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - ०८:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij