२०८२ फाल्गुण २३ गते शनिवार
सुनसरी । सुनसरी– १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार पहिलो प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले १४२ मत ल्याएर अग्रता लिएकी छन् ।
उनलाई पछ्याएका छन् श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले । पहिलो मत परिणामअनुसार राईले ४९ मत ल्याएका छन् । कांग्रेसका सुजेन्द्र गोलेले ४० मत ल्याउँदा राप्रपाका उद्धव श्रेष्ठले ३४ मत ल्याएका छन् ।
त्यस्तै, नेकपाका सूर्यबहादुर भट्टराईले १२ मत ल्याएका छन् भने एमालेका टीकाराम लिम्बुले ८ मत प्राप्त गरेका छन् । सुनसरी १ मा ८७ हजार ५७६ (५८.२३) प्रतिशत मत खसेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij