Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

देशभर समानुपातिकको करिब साढे ३ लाख मत गन्दा कुन दलको कस्तो छ अवस्था ?

देशभर समानुपातिकको करिब साढे ३ लाख मत गन्दा कुन दलको कस्तो छ अवस्था ?


  • 1.6K
    Shares

    देशभर समानुपातिकको करिब साढे ३ लाख मत गन्दा कुन दलको कस्तो छ अवस्था ?

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोगले देशभर करिब साढे ३ लाख मत गणना गरिसकेको छ ।

    निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो आँकडा अनुसार, रास्वपाले समानुपातिकमा पाएको मत केही घटेको छ । सुरुवाततिर करिब ६० प्रतिशत जति हिस्सा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुपात अहिले केही घटेर ५४ प्रतिशत रहेको छ । नेपाली कांग्रेसले कुल सदर मतको १६ प्रतिशत हिस्सा पाएको छ भने एमालेले १३ प्रतिशत मत पाएको छ ।

    एमालेपछि नेकपा र राप्रपाको मत ५-५ प्रतिशत हाराहारी छ । श्रम संस्कृति पार्टीले २ प्रतिशत भन्दा केही बढी मत पाएको छ भने त्यो भन्दा कम अनुपातमा मत पाउने दलहरुको एकमुष्ट मत करिव ५ प्रतिशतजति छ । अहिलेको अनुपातलाई आधार मान्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा बाहेक अरुले थ्रेसहोल्ड कटाएका छैनन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको आँकडा अनुसार करिव एक करोड १० लाख मत खसेको अनुमान छ । अहिलेसम्म साढे ३ लाख मतमात्रै गणना भएको विवरण सार्वजनिक गरेको हो ।

    samanupatik.jpg

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - १६:३६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij