२०८२ माघ ७ गते बुधवार
बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई सर्वोच्च अदालतले राजदूत नियुक्त नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो।
स्नातक उत्तिर्ण नगरेका युवराज कार्कीलाई जेठ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बहराइनका लागि आवासीय राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो।
राजदूत नियुक्तिका लागि मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक तह उत्तिर्ण गरेको आवश्यक नपर्ने भन्दै निर्देशिका संशोधन गरेर कार्कीलगायतलाई राजदूतमा नियुक्त गरिएको थियो। कार्कीले स्नातक तह उत्तिर्ण गरेका छैनन्।
सर्वोच्चमा निर्देशिकाविरुद्ध यसअघि नै परेको रिट निवेदनमा पनि अदालतले अन्तरिम आदेशमार्फत् उक्त निर्देशिका संशोधन गर्ने निर्णयमा रोक लगाइसकेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij