२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने स्रोतले जनायो। लामो समयदेखी लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी रिक्त छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij