२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ। संवैधानिक इजलासमा रिट निवेदकका तर्फ़ बाट बहस वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीमा ओलीमोह देखिएको तर्क गरेका छन्। उनले राष्ट्रपतिले केपी शर्मा ओलीबाहेक अरु प्रधानमन्त्री बन्न पाउँदैनन् भन्ने हिसाबले काम गरेको आरोप लगाए।
"राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ। विद्यादेवी भण्डारी ओलीको मात्र होइन। ३ करोड नेपालीको राष्ट्रपति हो," दाहालले भने।
प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फ़ बाट बहस गर्ने क्रममा उनले महाभारतमा धृतराष्ट्रमा पुत्र मोह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखिएको बताएका हुन्।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन सिफारिस गर्नेबित्तिकै राष्ट्रपतिले एक मिनेट पनि नरोकेर हतार हतार जारी गर्नुको कारण के हो भनेर दाहालले प्रश्न उठाए। उनले राष्ट्रपति कार्यालयले मुद्दा लाग्दैन भनेर दाबी गर्न निमल्ने पनि बताए। दाहालअघि बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि यही तर्क गरेका थिए।
"राजाको अधिकार बारेमा शाही आयोग र राष्ट्रपतिको बारेमा कटुवाल प्रकरणमा स्पष्ट व्याख्या गरेकाले अहिले आएर मुद्दा लाग्दैन भनी राष्ट्रपति कार्यालेले दाबी गर्दै मिल्दैन", उनले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij