२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
आजको बहसमा रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरेका छन् । उनले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन् ।
“कन्फिडेन्स लुज गरेको प्रधानमन्त्रीले फेरि दाबी गर्न मिल्दैन । जसले कन्फिडेन्स लुज गरेको छ, फेरि त्यही व्यक्तिले मलाई प्रधानमन्त्री बनाउनुपर्यो भन्न मिल्छ श्रीमान् ?,” बन्दीको प्रश्न थियो ।
बन्दीलाई नै फेरि त्यही बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न गरे– के त्यसो भए ७६(२) मा सरकार बनाउन नसक्नेले ७६९५० अनुसार गर्न मिल्छ त ?”
प्रधानन्यायाधीशको प्रश्नमा बन्दीले भने, “७६९२० दलीय आधारमा हो श्रीमान् । तर ७६ (५) होइन ।”
त्यसो भए ५ को प्रक्रिया सुरु गर्ने समय भएको थियो ? प्रधानन्यायाधीशको प्रश्न थियो । बन्दीले भने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि पत्र लेखेर सुरु भएको जवाफ दिएका थिए ।
बन्दीले नेकपा एमालेमा माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क अघि सारेका थिए ।
“माधव नेपालको बहुमत छैन भन्ने राष्ट्रपति को ?,” उनको प्रश्न थियो, “राजनीतिक दलसम्बन्धी ऐनले कुन
पनि सांसदलाई कारबाही गर्ने र दल त्याग गरेको ठहर्न केन्द्रीय समितिको बहुमतबाट निर्णय हुनुपर्छ राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्रा-टुक्रा पारेको बन्दीको भनाइ थियो । राष्ट्रपति राजनीतिमा आएको भन्दै बहस टुंग्याउने क्रममा बन्दीले भने, ‘बालहठ जस्तै नाइ मलाई तेही केटी चाहिन्छ भन्ने गीतजस्तै राष्ट्रपतिले नाइ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भने झैँ गर्नुभयो ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij