Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ओली-प्रचण्डबीच भेट सकियो

ओली-प्रचण्डबीच भेट सकियो


  • 11.2K
    Shares

    ओली-प्रचण्डबीच भेट सकियो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेट भएको छ । 

    भेटका लागि प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ। भेटघाटमा सामान्य छलफल बाहेक अन्य कुनै ठोस कुरा नभएको बताइएको छ ।  दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्तावले गर्दा नेकपाको विवाद उत्कर्षमा पुगेको  छ । उनीहरुबीच भेटवार्ता पनि पातलिएको छ ।

    ओलीको अनुपस्थितिका बीच प्रचण्डले मंसिर २१ गते स्थायी कमिटी बैठक सञ्चालन गरेका थिए । स्थायी कमिटीकै अर्को बैठक मंसिर २८ गतेका लागि बोलाइएको छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १४:३७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij