Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

खुट्टा धुन गएका आमाछोरालाई नारायणीले बगायो, ११ वर्षीया छोरीको उद्धार

खुट्टा धुन गएका आमाछोरालाई नारायणीले बगायो, ११ वर्षीया छोरीको उद्धार


  • 302
    Shares

    खुट्टा धुन गएका आमाछोरालाई नारायणीले बगायो, ११ वर्षीया छोरीको उद्धार
    images

    काठमाडौं । चितवनको नारायणगढ बजारस्थित पशुपति मन्दिर नजिकैबाट नारायणी नदीमा बगेर आमा र छोरा बेपत्ता भएका छन्। 

    बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा उनीहरूलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए। ‘साँझ इभिनिङ वाकको लागि छोराछोरीलाई साथमै लिएर नारायणी नदी किनारमा गएकी महिला र छोरालाई बाढीले बगाएको हो,’ श्रेष्ठले  भने। 

    बेपत्ता हुनेमा चितवनको खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध छन्।

    नदीमा डुबेकी सिर्जनाकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेलको भने प्रहरीले उद्धार गरेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

    बेपत्ता आमा–छोराको खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनसहितको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - ११:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij