Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

जेनजी आन्दोलनमा भागेका बाबु थापा पक्राउ, न्यायाधीश बम हत्या प्रकरणका प्रतिवादी

जेनजी आन्दोलनमा भागेका बाबु थापा पक्राउ, न्यायाधीश बम हत्या प्रकरणका प्रतिवादी


  • 372
    Shares

    जेनजी आन्दोलनमा भागेका बाबु थापा पक्राउ, न्यायाधीश बम हत्या प्रकरणका प्रतिवादी
    images

    काठमाडौं ।  सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका बाबु थापा छन् ।

    उनलाई सर्लाही स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए । बुधबार राति पक्राउ परेका थापा जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।

    सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय बाबुको साथबाट प्रहरीले दुईथान पेस्तोल पनि बरामद गरेको छ । जेलबाट भागेपछि उनी विभिन्न ठाउँमा लुकेर गएराति आफ्नो घरमा पुगेका हुन् । इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    उनीबिरुद्ध हातहतियार खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान गरिने डीएसपी राईले बताए । न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो । २०६९ जेड १८ मा बमको हत्या भएको थियो । प्रतिवादी थापा यसअघि २०७१ मा पक्राउ परेका थिए । 

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबा भक्तबहादुरलाई छाडिएको थियो । बलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो ।

    अस्पतालमा उपचाररत लिलालाई असोज २८ गते बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले घर लैजाने भन्दै अस्पतालबाट लगेका थिए । उपचार पूरा नहुँदै उनलाई घर फर्काउन लागिएको र बाटोमै स्वास्थ्य अवस्थाबारे शंका उत्पन्न भएपछि परिवारले उनलाई गुल्मी अस्पताल, तम्घासमा जाँचका लागि पुर्‍याएको थियो ।

    गुल्मी अस्पतालमा जाँच गर्दा चिकित्सकले सोही दिन दिउँसो लिलालाई मृत घोषणा गरेका थिए । त्यसपछि घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा प्रहरी टोली खटिएको थियो । असोज २८ गते साँझ शव परीक्षणपछि मृतकका छोरा हिराबहादुरले शव बुझेका थिए ।

    त्यसपछि शव अन्त्येष्टिका लागि लगिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार घटनामा संलग्न रहेको आरोपमा बलबहादुरविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

    मालिका वडा नं २ का वडाध्यक्ष विनोद श्रीसका अनुसार पहिलेबाट मानसिक असन्तुलन भएका बलबहादुरले मदिरा सेवन गरेर झगडा गरेपछि भाउजूमाथि आक्रमण गरेका हुन् । बलबहादुरका दाजु र तीन छोराछोरी पनि घरमै रहे पनि मदिराले मातेका उनको आक्रमणबाट बचाउन भने सकेनन् ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १०:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij