Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपाको यादव पक्षले ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई सोध्यो स्पष्टीकरण

जसपाको यादव पक्षले ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई सोध्यो स्पष्टीकरण


  • 6.1K
    Shares

    जसपाको यादव पक्षले ठाकुर-महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई सोध्यो स्पष्टीकरण

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेका ११ जनालाई स्पष्टीकरण सोधेको छ ।

    जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने जानकारी हुँदा हुँदै किन सरकारमा सामेल भएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको छ ।

    पार्टीको नीति र निर्णय उल्लंघन गर्ने तपाईंहरूलाई किन कारबाही नगर्ने भन्दै अध्यक्ष यादवले स्पष्टीकरण माग गरेको पत्र सम्बन्धित मन्त्रीलाई पठाइएको छ ।

    संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, सरकारमा सहभागी भएको, नेता महतोलाई किन दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको जस्ता आरोप पनि मन्त्रीहरूलाई लगाइएको छ ।

    जसपामा ठाकुर-महतो पक्षले ओलीलाई साथ दिँदै आएको छ भने यादव-भट्टराई पक्ष जसरी पनि ओली सरकार ढाल्नु पर्ने अडानमा छ । तर,ओलीले नै जसपाले उठाउँदै आएका माग पूरा गरेकाले उनलाई चुनावसम्म साथ दिने भन्दै ठाकुर-महतो पक्ष सरकारमा गएको छ ।

     

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १०:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij