Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रौतहट–३ मा रास्वपाका पटेल विजयी, प्रभु साह तेस्रो

रौतहट–३ मा रास्वपाका पटेल विजयी, प्रभु साह तेस्रो


  • 596
    Shares

    रौतहट–३ मा रास्वपाका पटेल विजयी, प्रभु साह तेस्रो

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रविन्द्र पटेल विजयी भएको छन् । आइतबार (फागुन २४) सार्वजनिक अन्तिम मत परिणाममा २७ हजार ३१८ मत प्राप्त गर्दै उनी सांसद चुनिएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका उमेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत ल्याए । तेस्रो स्थानमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नौ हजार ८९० मत पाए । ०७९ सालको निर्वाचनमा साह यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    यसपालि नेकपा (एमाले)का उमेदवार कुन्दनप्रसाद कुशवाहाले ६ हजार ६०५ मत प्राप्त गरे । नेपाली कांग्रेसका उमेदवार रामकृष्णप्रसाद यादवले ६ हजार ४२० मत ल्याए ।

    छैटौँ स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार पुनम देवीले तीन हजार ८८१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - १३:२९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij