Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !


  • 8.4K
    Shares

    प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

    नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् ।

    बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् । ग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । प्रधानमन्त्रीको हत्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त पक्राउ गरी आवश्यक कारबाही थाल्नसमेत देशव्यापी माग भएको छ ।

    वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् । १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या नाथुराम गोड्सेले गरेका थिए । उनले राजेन्द्र महतोसहितका नेतालाई मन्त्रिपरिषद् समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले ओलीलाई अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :जेठ २९ २०७८ शनिवार - ०७:५२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij