Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोकेपछि ठाकुर आक्रोशित, भयावह अवस्था आउने चेतावनी

सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोकेपछि ठाकुर आक्रोशित, भयावह अवस्था आउने चेतावनी


  • 6.4K
    Shares

    सर्वोच्चले नागकरिकता सम्बन्धी अध्यादेश रोकेपछि ठाकुर आक्रोशित, भयावह अवस्था आउने चेतावनी

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

    नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए ।

    उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए ।  

    नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १७:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij