Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा


  • 9.3K
    Shares

    सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा

    काठमाडौँ । विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आज सर्वदलीय बैठक राख्दै छन् ।

    संसद् विघटनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई आज (शुक्रबार) दिउँसो २ बजे संसद् भवन (नयाँ बानेश्वर)मा बोलाएका हुन् ।

    सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार बैठकमा सहभागिताका लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेका छन् ।

    बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख, पूर्वप्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेपछि सभामुख सापकोटाले यही जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखसँग छलफल गरिसकेका छन् ।

    प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला बोलाइएको सर्वदलीय बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी हुन् । जसविरुद्ध अदालतमा परेको मुद्दाको सुनुवाइ जारी छ ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १०:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij