Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति


  • 526
    Shares

    पत्रकार किशोर श्रेष्ठलाई तीन दिन  हिरासतमा राख्न अनुमति
    images

    काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन् । उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

    श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

    श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनी प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन् ।

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १८:४५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij