Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

नेपाली बजारमा टाटाको पञ्च इभीको इन्ट्री, नाइमा एक्स्पो अफरमा १ लाख छुट

नेपाली बजारमा टाटाको पञ्च इभीको इन्ट्री, नाइमा एक्स्पो अफरमा १ लाख छुट


  • 1.5K
    Shares

    नेपाली बजारमा टाटाको पञ्च इभीको इन्ट्री, नाइमा एक्स्पो अफरमा १ लाख छुट
    images

    काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ पञ्च इभि नेपालभर एकैसाथ सार्वजनिक गरिएको छ। काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले देशभरका आधिकारिक शोरुमबाट नयाँ पञ्च इभि सार्वजनिक गरेको हो।

    नयाँ पञ्च इभि बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीस्थित टाटाका आधिकारिक शोरुमबाट एकैपटक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

    नयाँ पञ्च इभिको सुरुवाती मूल्य ३३ लाख ९९ हजार निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजारमै गाडी खरिद गर्न सक्नेछन्।

    एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

    कम्पनीका अनुसार बुकिङ भएका ३२ लाख ९९ हजार रुपैयाँको सुरुवाती मोडलसहितका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी गर्ने तयारी गरिएको छ।

    कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आएको नयाँ पञ्च इभिले आकर्षक मूल्य, विद्युतीय प्रविधि र लामो वारेन्टीका कारण नेपाली बजारमा प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १४:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij