Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

किशोर श्रेष्ठलाई भेट्न गएका वकिल र परिवारलाई समेत भेट्न दिएन प्रहरीले

किशोर श्रेष्ठलाई भेट्न गएका वकिल र परिवारलाई समेत भेट्न दिएन प्रहरीले


  • 449
    Shares

    किशोर श्रेष्ठलाई भेट्न गएका वकिल र परिवारलाई समेत भेट्न दिएन प्रहरीले
    images

    काठमाडौं । पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न गएका उनका वकिल, परिवारका सदस्य र पत्रकार संगठनका प्रतिनिधिलाई प्रहरीले भेट्न अनुमति दिएको छैन।

    अधिवक्ता टीकाराम भट्टराईसहितका कानुन व्यवसायी श्रेष्ठलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगे पनि प्रहरीले भेट्न नमिल्ने भन्दै फर्काइदिएको हो। श्रेष्ठकी श्रीमती र पत्रकार निकट संघ–संगठनका प्रतिनिधिलाई समेत भेट्न नदिएको बताइएको छ।

    आज प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी र महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल लगायत किशोर श्रेष्ठलाई भेट्न गएका थिए । तर प्रहरीले भेट्न नदिएको प्रेस सेन्टरका महासचिव घर्तीले बताएका छन् ।  

    उनका अनुसार प्रहरीले पत्रकार श्रेष्ठको निवासबाट उनको परिवारका सदस्यहरूको ल्यापटप समेत नियन्त्रणमा लिएको छ ।

    वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।

    आज जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १४:०६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij