Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान

झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान


  • 484
    Shares

    झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
    images

    काठमाडौं । कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले उनिहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

    जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् । यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो ।

    तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९\८० देखि लगत संकलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिए ।

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १३:१४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij