Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चार जना पक्राउ

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चार जना पक्राउ


  • 463
    Shares

    वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चार जना पक्राउ
    images

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा बिहीबार मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको हो। 

    उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन प्रधानमन्त्री कार्यालयले पत्राचार गर्दै सीआईबीलाई निर्देशन दिएको थियो। 

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ घर भएका ४२ वर्षीय खड्कासँगै भक्तपुर, चाँगुनारायण नगरपालिका ९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका ३ घर भई हाल टोखा नगरपालिका ११, महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका ४ घर भई हाल गोकर्णेश्वर नगरपालिका ६, नयाँबस्ती बस्ने ४५ वर्षका रामपुकार तिवारी पनि पक्राउ परेका छन्। 

    उनीहरुमाथि सीआईबीले ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको सीआईबीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले बताए। उनीहरुले मलेसियामा वैदेशिक रोजगारमा जानको लागि गरिने स्वास्थ्य परिक्षणका क्रममा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्क बाहेक म्याक्रोटेक प्रालिको नाममा बायो मेडिकल सर्भिस चार्ज उल्लेख गरी गैरकानुनी तवरले अतिरिक्त शुल्क लिएको पाइएको छ।

    कसूरसँग सम्बन्धित पीडितहरुलाई यथाशीघ्र सीआईबीमा वा नजिकको प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दरखास्त दिन पनि प्रहरीले अनुरोध गरेको छ। मलेसियामा स्वास्थ्य व्यवसायीहरुले सिन्डिकेट लाधेको आरोपमा यसअघिदेखि नै विरोध भइरहेको थियो।

    पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनी पछि छुट्टै सूचीकृत भएको भन्दै विरोध भइरहेको छ। सरकारले त्यहाँ पनि सिन्डिकेट लाध्न नदिने चेतावनी दिएको छ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - १७:३७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij