Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिए

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिए


  • 393
    Shares

    भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिए
    images

    काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताएका छन् । 

    उनका अनुसार आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएका हुन् । प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

    पासवान यसअघि काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । सरकारले थापाथलीका टहरा हटाएपछि उनी पछिल्लो समय बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १३:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij