२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो साढे १२ बजे श्रीमती आरजु राणासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
देउवा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थिए। त्यसपछि थप उपचारका लागि उनी कात्तिक १० गते राति श्रीमती आरजु राणासँगै सिंगापुर गएका थिए।
उपचार सम्पन्न भएपछि देउवा स्वदेश फर्किएका हुन्। उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका थिए।
देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि पनि थप सक्रिय हुने अपेक्षा गरिएको छ।







© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij