Logo

२०८३ आश्विन ३० गते शुक्रवार

२०८३ आश्विन ३० गते शुक्रवार

किशोर श्रेष्ठलाई तत्काल निशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

किशोर श्रेष्ठलाई तत्काल निशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग


  • 967
    Shares

    किशोर श्रेष्ठलाई तत्काल निशर्त रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग
    images

    काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको भन्दै नेपाल मिडिया सोसाइटीले गम्भीर आपत्ति जनाएको छ ।

    सोसाइटीले विज्ञप्ति जारी गर्दै समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन र प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको जनाएको छ ।

    नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकार लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ भएको सोसाइटीले उल्लेख गरेको छ ।

    पत्रकारलाई समाचार प्रकाशनकै कारण पक्राउ गर्ने वा अनुसन्धानका नाममा त्रसित बनाउने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने र निर्भीक पत्रकारितालाई कमजोर बनाउने सोसाइटीको भनाइ छ ।

    नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस स्वतन्त्रता, पत्रकारको व्यावसायिक अधिकार र स्थापित मान्यताको सम्मान हुनुपर्ने बताए ।

    सोसाइटीले पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै, प्रकाशित समाचारका विषयमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि दबाब, हस्तक्षेप वा दमनविरुद्ध खबरदारी गरिरहने जनाएको छ ।

    770883829_1033696156302501_7382134474246006621_n_8OETExLqDY.jpg

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १२:१२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij