Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

प्यूठानमा खोलाका किनारमा चार जनाको शव फेला

प्यूठानमा खोलाका किनारमा चार जनाको शव फेला


  • 449
    Shares

    प्यूठानमा खोलाका किनारमा चार जनाको शव फेला
    images

    काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार फेला परेका शवहरूको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटस्थित माडी खोलाको किनारमा करिब १२\१३ वर्षीय बालकको शव भेटिएको हो। यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्रै रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

    त्यसैगरी स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ भने स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा बिहान टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्को महिलाको शव फेला परेको छ। 

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय भिङ्ग्री, प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

    प्रहरीले शवहरूको पहिचान, मृत्युको कारण तथा घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १०:४६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij