Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ

मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ


  • 7.6K
    Shares

    मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री ओली, आजै शपथ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । रिक्त रहेका सात मन्त्रालयमा आज मन्त्री नियुक्तिको तयारी भएको प्रधानमन्त्रीनिकट नेताहरुले बताएका छन् ।

    स्रोतका अनुसार आज साँझ मन्त्रीहरुको शपथ गराउने सम्भावना रहेको छ। ‘आजै मन्त्रीमण्डल विस्तार हुँदैछ र साँझ शपथ गर्ने योजना छ,’ स्रोतले भन्यो ।

    शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए । बाँकी रहेका मन्त्रालयमा गृहमा खगराज अधिकारी र महेश बस्नेतको चर्चा छ ।

    सर्वोच्च अदालतले सांसद नभएकालाई मन्त्री बनाएको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिएर तत्काल काम नगर्न निर्देशन दिएपछि मन्त्री बनेका पूर्वमाओवादी नेताहरु ७ जना पदमुक्त भएका थिए ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १२:०३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij