Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खोप उपलब्ध गराउन मोदीलाई ओलीको आग्रह : नेपाल सुरक्षित नभई भारत जोगिदैन

खोप उपलब्ध गराउन मोदीलाई ओलीको आग्रह : नेपाल सुरक्षित नभई भारत जोगिदैन


  • 7.7K
    Shares

    खोप उपलब्ध गराउन मोदीलाई ओलीको आग्रह : नेपाल सुरक्षित नभई भारत जोगिदैन

    प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ ।

    बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोना भाइरस महामारी नियन्त्रण हुन नसक्ने प्रष्ट गर्नुभयो ।

    नेपाल भारतबीचको सम्बन्ध चिली र अर्जेन्टिनासँगको जस्तो होइन भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’

    नेपाल र भारतबीचको सम्बन्ध अरु देशको जस्तो नभएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आग्रह गर्दै भन्नुभयो, ‘खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन । यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

    महामारीमा के चीनले नेपाललाई बढी सहयोग गरिराखेको छ रु भन्ने प्रश्नमा दुबै छिमेकीले महामारीका समयमा सघाइरहेको भन्दै ओलीले भन्नुभयो, ‘यो समयमा राजनीतिलाई बीचमा ल्याउनु हुन्न । यो खोपको मामिला हो, यसबारे राजनीति गर्नु जरुरी छैन । दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’

     

    प्रकाशित मिति :जेठ २४ २०७८ सोमवार - १४:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij