२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेयता प्रधानमन्त्री ओली एक्लैको जिम्मामा ७ मन्त्रालय छन् ।
तिनमा मन्त्री नियुक्ति गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन् । बालुवाटार स्रोतका अनुसार आज उनले एमाले र माओवादी केन्द्रबाट आफ्नो पार्टीमा आएका नेताहरूलाई मन्त्री बनाउने सम्भावना छ ।
यसअघि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि प्रायः नयाँ अनुहार भित्र्याएका ओलीले अहिले पनि नयाँ व्यक्तिलाई मन्त्री बनाउन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार माओवादी केन्द्रलले कारबाही प्रदेश सांसद पद गुमेकाहरूलाई प्राथमिकतामा राखिएको छ । प्रदेश नं २ की ज्वालाकुमारी साह मन्त्री हुने लगभग निश्चित भएको स्रोतको दाबी छ । यस्तै एमालेबाट महेश बस्नेत र नारदमुनि राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij