Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महन्थ ठाकुर पक्ष आजै सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?

महन्थ ठाकुर पक्ष आजै सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?


  • 13.4K
    Shares

    महन्थ ठाकुर पक्ष आजै सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?

    काठमाडौं । जनता समाजवादी पार्टीका महन्थ ठाकुरको नेतृत्वमा रहेको समूहका पाँच नेता आज मन्त्री बन्ने निश्चित भएको छ । राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने स्रोतले जनाएको छ ।

    त्यसैगरी शरतसिंह भण्डारी ‍उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तव खानेपानी मन्त्रालय, अनिल झा शहरी विकास मन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ ।

    ‘आजै साँझसम्म उहाँहरुले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ,’ स्रोतले भन्यो । आफूलाई खेलकुद मन्त्रालय दिएकोमा अरगरिया भने सन्तुष्ट नरहेको स्रोतको भनाइ छ ।

    ठाकुर पक्षबाट मन्त्री बन्ने तय भएको भनिएका ५ जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । राजेन्द्र महतो धनुषा ३ बाट, शरतसिंह भण्डारी महत्तरी २, उमाशंकर अरगरिया धनुषा ३, विमल श्रीवास्तव पर्सा २ र अनिलकुमार झा रौतहट १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - १३:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij