Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ठाकुरले फेरि प्रधानमन्त्री भेटे

ठाकुरले फेरि प्रधानमन्त्री भेटे


  • 6.8K
    Shares

    ठाकुरले फेरि प्रधानमन्त्री भेटे

    जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन। प्रधानमन्त्रीलाई भेट्न ठाकुर र महतो बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। ठाकुर र महतो हरेक दुईरतीन दिनमा प्रधानमन्त्रीलाई भेट्न बालुबटार पुग्छन्। ठाकुर–महतो खेमा सरकारमा जान लागेको छ। बिहीबारको भेट मन्त्रालय बाँडफाँट टुंगो लगाउन केन्द्रित भएको ठाकुर पक्षले जनाएको छ। ठाकुर पक्षले ८ वटा मन्त्रालय मागेको छ।  

    ठाकुर पक्षका नेता सुरेन्द्र झाले मन्त्रालयको विषयभन्दा पनि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न, कोरोना महामारी नियन्त्रण गर्ने, संविधान संशोधन कार्यदलको कार्यविधि बनाउने विषयमा छलफल गर्न ठाकुरलगायत बिहीबार बालुवाटार गएको बताए। ठाकुरसँगै महतो, शरतसिंह भण्डारी र अनिल झा पनि बालुवाटार गएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - ०८:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij