२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतको दाबी छ ।
कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij