Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सकियो ठाकुर महतोले बालुवाटारमा ओलीसँग गरेको छलफल, यस्तो भयोे निर्णय

सकियो ठाकुर महतोले बालुवाटारमा ओलीसँग गरेको छलफल, यस्तो भयोे निर्णय


  • 12.4K
    Shares

    सकियो ठाकुर महतोले बालुवाटारमा ओलीसँग गरेको छलफल, यस्तो भयोे निर्णय
    images

    काठमाडौं । सरकारमा सहभागी हुने विषयमा जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको छलफल सकिएको छ ।

    सरकारसँग आफूहरुले राखेका अधिकांश मागहरु पुरा भएको भन्दै सरकारमा सहभागी हुने तयारी जसपाले गरेको हो । सोही विषयमा छलफल गर्न नेताहरु आज प्रधानमन्त्री ओलीसँग वार्ता बालुवाटार पुगेका थिए ।

    वार्तामा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने सहमति भएको बताए । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रा काम गरिदिएको छ । सुरुदेखि नै सरकारमा आउनुस् भन्‍नुभएको थियो, आजको छलफलमा हुन्छ भनेका छौँ,’ कर्णले भने ।

    अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । कर्णका अनुसार दुई बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो । 

    ओलीले जसपालाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार एक दुई दिनमै सहभागी हुने विषयमा टुंगो लाग्ने छ ।

     

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १४:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij