Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

शेयर बजारमा सुधार, कारोबार साढे ३ अर्बमा सीमित

शेयर बजारमा सुधार, कारोबार साढे ३ अर्बमा सीमित


  • 533
    Shares

    शेयर बजारमा सुधार, कारोबार साढे ३ अर्बमा सीमित

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मङ्गलबार नेप्से सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ।

    १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ । आज कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख २ रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशत बढे । विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटेको छ ।

    माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ११.१६ प्रतिशत बढेको छ । त्यस्तै सोलु हाइड्रोपावरको ७.५६, धौलागिरि लघुवित्तको ७.०४ तथा झापा इनर्जीको ४.८० प्रतिशत मूल्य बढेको छ । फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशत घटेको छ । सुपरखुदी हाइड्रोपावरको ३.१३ तथा रावा इनर्जीको ३ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतका दरले गुमाएका हुन् ।

    share.JPG

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:४४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij