Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

जेठ ८ गतेबाट सर्वसाधारणका लागि कालंगा हाइड्रोको आइपीओ खुल्ने

जेठ ८ गतेबाट सर्वसाधारणका लागि कालंगा हाइड्रोको आइपीओ खुल्ने


  • 582
    Shares

    जेठ ८ गतेबाट सर्वसाधारणका लागि कालंगा हाइड्रोको आइपीओ खुल्ने

    काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो। आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

    यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर छुट्याएर बाँडफाँट गरिसकेपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरेको हो।

    कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता स्थानीयका लागि, ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीहरूका लागि यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ।

    अहिले सर्वसाधारणका लागि भने कुल २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याउन लागिएको छ। यो शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताहरूले यसमा सहभागी हुन दोस्रो चरणको निष्काशन प्रक्रिया अन्तर्गत आवेदन दिनुपर्नेछ।

    उक्त आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्काशन प्रक्रिया छिटोमा जेठ १३ गते बन्द हुनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा जेठ २२ गतेसम्म आवेदन दिने म्याद रहनेछ।

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १३:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij