Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी सडक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी सडक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द


  • 351
    Shares

    बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी सडक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द

    काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको हो ।

    उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने  प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ । बीपी राजमार्गको काभ्रे -नेपालथोक, सिन्धुली सडकखण्डमा यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

    सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदा बीच खोलामा माइक्रो बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।

     

     

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १६:२०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij