Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस

वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस


  • 610
    Shares

    वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस

    काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । 

    यसअघि मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका सिफारिस गर्ने निर्णय गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद् भवन सिंहदरबारमा अधिवेशन बोलाएका थिए ।

    तर नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम गरिएको अधिवेशन आह्वान वैशाख १० गते सरकारले स्थगित गर्न पत्र पठाएपछि स्थगित गरिएको थियो ।

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:५६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij