Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता


  • 7.0K
    Shares

    प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । संसद विघटन भएको बेला सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

    १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ । तर, अध्यादेशबाट बजेट ल्याउन खोजिएकोमा राजनीतिक रुपमा विरोध पनि भइरहेको छ । यसैबीच प्रधानमन्त्रीले अध्यादेशबाट बजेट ल्याउनु सरकारको बाध्यता भएकोसहितका विषय सम्बोधनका क्रममा व्यक्त गर्न लागेका हुन् ।

    पछिल्लो समय ओलीले पत्रकार सम्मेलनमार्फत् आफ्ना कदमको राजनीतिक बचाउ गर्दै आएका छन् । यस अघि पनि प्रधानमन्त्रीले दुईपटक पत्रकार सम्मेलन गरिसकेका छन् ।

    साथै, कोरोना महामारी नियन्त्रणका खोपसहितका स्वास्थ्य सामग्री ल्याउन सरकारले गरिरहेको तयारीसहितका विषयमा प्रधानमन्त्रीले जानकारी गराउने तयारी गरेका हुन् । सम्बोधन ४ बजे हुने जनाइएको छ ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १५:४२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij