Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जसपा फुट्दै, राजपा ब्युँताउन महन्थ ठाकुर ४०% भन्दा बढी सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

जसपा फुट्दै, राजपा ब्युँताउन महन्थ ठाकुर ४०% भन्दा बढी सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै


  • 9.3K
    Shares

    जसपा फुट्दै, राजपा ब्युँताउन महन्थ ठाकुर ४०% भन्दा बढी सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै

    काठमाडौं । जनता समाजवादी पार्टी फुट्ने निश्चितप्रायः भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पुरानै पार्टी ब्युँताउने तयारी गरेपछि फुट निश्चितप्रायः भएको हो ।

    आज या भोलिभित्र निर्वाचन आयोग जाने गरी ठाकुर समूहले कागजपत्र तयार गरिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेर त्यस्तो तयारी भएको हो ।

    कार्यकारिणी समितिमा बहुमत नपुगेपछि ठाकुर समूह पुरानै दल राष्ट्रिय जनता पार्टी ब्युँताउने निर्णयमा पुगेको हो । कार्यकारिणी समितिका ४०% भन्दा बढी सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोगमा जाने तयारी भएको हो ।

    प्रतिनिधि सभा नरहेको अवस्थामा दल विभाजनका लागि ४०% केन्द्रीय समिति सदस्य भए पुग्छ । तर, जसपा एकीकरण भएको एक वर्षमात्र भएकाले कानुनी प्रश्न आउन सक्छ । एकीकरण भएको पाँच वर्षसम्म दल विभाजन गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

    सरकारमा सहभागी हुनलागेको जसपाको ठाकुर पक्ष अब राजपा बनेर जान खोजेको छ । जसपाको ठाकुर समूहमा ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायत नेताहरु छन् ।

     

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १५:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij