२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८७९ को विन्दुमा कायम भएको छ ।
आज ९ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ ।
बजारका सबै समूहगत सूचक घटेको छ। फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटेको छ ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । सीवाईसी नेपाल लघुवित्तको मूल्य ७.१, सोलु हाइड्रोपावरको ३.५ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको ७१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रु पावर कम्पनीको ५२ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ४८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij