Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

एमाले कार्यकर्ता र प्रहरीबीच झडप

एमाले कार्यकर्ता र प्रहरीबीच झडप


  • 960
    Shares

    • images
    एमाले कार्यकर्ता र प्रहरीबीच झडप

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओली र रमेश लेखक पक्राउ विरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।

    माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जना घाइतेको टाउकोमा चोट लागेको छ ।

    घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार नौ जना पक्राउ परेका छन् ।

     

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १६:३३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij