Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

सुशासन मार्गचित्र- २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सुशासन मार्गचित्र- २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)


  • 687
    Shares

    • images
    सुशासन मार्गचित्र- २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र-२०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयको वेभपोर्टलमा प्रतिवेदन सार्वजनिक गरिएको हो । 

    जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय महाशाखा हेर्ने सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरिएको थियो । 

    समितिले चैत ३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । १ हजार ४९ पेजको प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डा। भीष्मप्रसाद भुसालले जानकारी दिए । 

    समितिले विभिन्न राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरेको विषयवस्तु, चासो एवं सरोकारहरूलाई पनि प्रतिवेदनमा विश्लेषण गरी सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी एक हजार ७६५ वटा क्रियाकलाप समावेश गरेको छ । 

     

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १५:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij