Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले बढ्यो, प्रमुख सूचकहरु यस्ता छन्

नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले बढ्यो, प्रमुख सूचकहरु यस्ता छन्


  • 1.2K
    Shares

    नागरिक लगानी कोषको नाफा ६.९२ प्रतिशतले बढ्यो,  प्रमुख सूचकहरु यस्ता छन्
    images

    काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक वित्तीय विवरण अनुसार कोषले पहिलो ६ महिनामा ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कोषको नाफा ६.९२ प्रतिशतले बढेको छ।

    कोषले सेवा शुल्क तथा कमिसनबापत ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा कोषको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी ३.६२ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगाायतका कोषको आकार ११.४६ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १०।२० प्रतिशतले घटेर १७ करोड ६४ लाख रुपैयाँमा खम्चिएको छ। कोषको कुल लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ रहेको छ। एक वर्षमा कोषको लगानी १२.८० प्रतिशतले बढेको छ।

    कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी सामान्य बढेर १९.५५ रुपैयाँ कायम भएको छ। लगानीमा प्रतिफल ४.४९ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ रहेको छ।

     

    images
    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १०:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij