२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा 'बादल'लाई विजयी गराउन अपील गरेका छन् ।
बागमती प्रदेशको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बादललाई अत्यधिक मतले जिताउन उनले अपील गरेका हुन् ।
आज एक विक्तव्य निकाल्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निर्वाचनमा हाम्रो एकतावद्ध संकल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाईमा पुर्याउनेछ । अतः यस निर्वाचनमा पार्टीका उम्मेद्धवार माननीय रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij