Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

कोरोनाका कारण विवाह गरेको ५ दिनमै बेहुलाको मृत्यु

कोरोनाका कारण विवाह गरेको ५ दिनमै बेहुलाको मृत्यु


  • 6.5K
    Shares

    कोरोनाका कारण विवाह गरेको ५ दिनमै बेहुलाको मृत्यु
    images

    भारतको ओडिसाको केन्द्रपाडा जिल्लामा ५ दिन अगाडी विवाह भएका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २६ वर्षीय बेहुलाको विवाह भएको ५ दिनमा मृत्यु भएको हो ।

    बेहुलाको कोभिडबाट मृत्युपछि विवाहमा संलग्नले कोभिड परीक्षण गरिरहेका छन् । राजकनिका थाना क्षेत्रको दुर्गादेवीपाडा गाउँमा बस्ने सन्जय कुमार नायकको १० मे मा विवाह भएको थियो ।

    बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।

    नेपालमा पनि विवाह गरेको ८ दिन र १० दिनमा दुई बेहुलीको केही दिन अघि कोभिडबाटै मृत्यु भएको थियो । यस्तै विवाह भोजमा सहभागी भएका एकै परिवारका चार जनासहित बागलुङमा ६ जनाको मृत्यु भएको थियो । एजेन्सी 

    प्रकाशित मिति :जेठ ३ २०७८ सोमवार - १७:४६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij