२०८२ फाल्गुण २६ गते मंगलवार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालबाट दिएको शुभकामना सन्देशमा रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेनले जवाफ दिएका छन् ।
बालेनले आफूलाई शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका छन् । नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरुमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन आपसमा सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
बालेनकाे रिप्लाइमा हजाराै लाइक र कमेन्टहरु आइरहेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij