Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कोरोनाविरूद्धको खोप विश्वव्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ : प्रम ओली

कोरोनाविरूद्धको खोप विश्वव्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ : प्रम ओली


  • 11.8K
    Shares

    कोरोनाविरूद्धको खोप विश्वव्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ : प्रम ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेका बेला उपलब्ध हुने कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति हुनुपर्ने बताएका छन् ।

    कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘सम्पूर्ण मानवता संकटमा रहेको बेला जीवन बचाउने भ्याक्सिन नाफा कमाउने माध्यम हुन नसक्ने कुरामा हामी दृढ विश्वास गर्छौं । ती सबै व्यक्ति र देशको पहुँच र क्षमता पुग्ने विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए ।अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्‍याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।

    कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्‍याइएको थियो । अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

     

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १५:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij